५ गते बागमती प्रदेश सभाको बैठक बस्ने

काठमाडौंः बागमती प्रदेश सभाको बैठक यही साउन ५ गते बस्ने भएको छ। प्रदेश सभाको १०औं अधिवेशनको २६औं बैठक साउन ५ गते बिहीबार दिनको १ बजे बस्ने निर्णय भएकोे प्रदेश सभा सचिवालयले जनाएको छ।
बागमती प्रदेश सभा, कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले सो निर्णय गरेको प्रदेश सभाका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए।
यसअघि असार २९ गते बसेको उक्त बैठकले पाँच वटा अध्यादेश स्वीकृत गर्दै अनिश्चितकालका लागि बैठक स्थगन गरेकोे थियो।
साउन २, २०७९ सोमबार १२:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।