पिकअपको ठक्करबाट अटो चालकको मृत्यु

सुनसरीः रामधुनी- २ तित्रीवन चोकस्थित पूर्व-पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट अटो चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा अटो चालक मोरङ सुन्दरहरैचा- ३ का ३२ वर्षीय डम्बरकुमार दर्जी रहेका छन्।
हिजो अपराह्न साढे ४ बजे पूर्वबाट पश्चिमतर्फ जादै गरेको प्र१- ०१-००१च ७६५० नम्बरको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको को२ह ७२९९ नम्बरको अटो एक आपसमा ठक्कर खाँदा गम्भीर घाइते भएका अटो चालक दर्जीको इटहरी एपेक्स अस्पतालमा उपचारको क्रममा आइतबार पौने ५ बजे मृत्यु भएको थियो।
पिकअप र चालक ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको छ।
साउन २, २०७९ सोमबार ११:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।