तोलामा चार सयले बढ्यो सुनको मूल्य

तोलामा चार सयले बढ्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेको छ। आज छापावाल सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० कायम छ।

आज नेपाली बजारमा चाँदीको मूल्य पनि अघिल्लो कारोबार मूल्यको तुलनामा बढेको छ। आज चाँदी प्रतितोला रु पाँचले बढेर एक हजार १६५ तोकिएको महासङ्घले जनाएको छ।

साउन २, २०७९ सोमबार ११:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।