नागढुङ्गाबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ

नागढुङ्गाबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ

काठमाडौंः प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको टोलीले लागूऔषधसहित एक जना भारतीयलाई पक्राउ गरेको छ। महोत्तरीको गौशालाबाट काठमाडौं आउँदै गरेको बा४ख ५१४४ नम्बरको यात्रुबाहक बसमा सवार भारत बिहारका १८ वर्षीय विवेक कुमारलाई आइतबार पक्राउ गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार झोलामा लुकाएर ल्याएको अवस्थामा जाँचका क्रममा कुमारलाई लागूऔषधसहित पक्राउ गरिएको हो।

उनीबाट ७०० एम्पुल डाइजेपाम, ७०० एम्पुल फेनार्गन, ७०० एम्पुल नुर्फिन र भारतीय आधार कार्ड बरामद भएको छ। पक्राउ परेका कुमारलाई लागूऔषध नियन्त्रण २०३३ को कसूरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए।

साउन २, २०७९ सोमबार १०:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।