आठ वर्षपछि भारतले जित्यो इङ्ग्ल्याण्डको भूमिमा एकदिवसीय श्रृङ्खला

आठ वर्षपछि भारतले जित्यो इङ्ग्ल्याण्डको भूमिमा एकदिवसीय श्रृङ्खला

एजेन्सीः भारतले इङ्ग्ल्याण्डविरुद्धको एकदिवसीय श्रृङ्खला जितेको छ। आठ वर्षदेखि इङ्गल्याण्डको भूमिमा भारतले एकदिवसीय श्रृङ्खला जित्न सकेको थिएन।

यसअघि पछिल्लो पटक सन् २०१४ मा भारतले इङ्ग्ल्याण्डविरुद्ध एकदिवसीय श्रृङ्खला ३-१ ले जितेको थियो। यसपटक भारतले २-१ ले श्रृङ्खला जित्दा हिजोको अन्तिम खेलमा भारत पाँच विकेटले विजयी भएको हो।

भारतको जितमा हार्दिक पण्ड्याको उत्कृष्ट अलराउण्ड प्रदर्शनसँगै ऋषभ पन्तको शतक महत्त्वपूर्ण रह्यो।

सुरुमै टस हारेर पहिले ब्याटिङ गरेको इङ्ग्ल्याण्डले ४५ ओभर ५ बलमा २५९ रन बनायो। टोली अलआउट भए। पण्ड्याले चार विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको भारतले ४२ ओभर १ बलमा ५ विकेट गुमाएर लक्ष्य भेटायो। पन्तले १२५ रन बनाए। पण्ड्याले ७१ रन बनाए।

भारतको स्क्वाडमा हिजो न विराट कोहली चले न रोहित शर्मा न त शिखर धवन नै। धवन १ रनमा आउट भए। शर्मा र कोहलीले १७-१७ रनको पारी खेले।

योसँगै अब कोहलीलाई भने टिममा पर्न मुस्किल हुने देखिएको छ। उनको लागि हिजोको खेल आफूलाई प्रमाणित गर्ने अवसर थियो। तर यसमा पनि उनी चुक्दा अब उनको सान्दर्भिकता सकिएको बहस हुन थालेको छ।

उनी वेस्ट इण्डिजविरुद्धको टी ट्वेन्टी श्रृङ्खलामा पनि टिमबाहिर छन्।

साउन २, २०७९ सोमबार १०:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।