पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु, एक घाइते

बाँकेः राप्ती सोनारी गाँउपालिका- ७ निबुवाटारमामा हिजो बेलुकी पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा पैदलयात्री राप्तीसोनारी गाँउपालीका- ५ बिनौनाका अन्दाजी ५० वर्षीय बुचु थारु रहेका छन्। जरैयाका अन्दाजी २३ वर्षीय नवीन बुढामगरले चलाएको भे७प १५२७ नम्बरको मोटरसाइकलको ठक्करबाट हिजो बेलुकी सवा ८ बजे घाइते भएका थारुको उपचारको क्रममा नेपालगञ्जस्थित भेरी अस्पतालमा राती ९ बजे मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका चालक बुढामगरलाई भने उपचारको लागि नर्सिङ होम नेपालगञ्ज पठाइएको छ।
साउन २, २०७९ सोमबार ०९:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।