आज राष्ट्रिय सभाको बैठक बस्दै, यी हुन् कार्यसूची

काठमाडौंः राष्ट्रिय सभाको बैठक आज बस्दैछ। १२औं अधिवशेनको ३८औं बैठक आज दिउँसो १ बजे बस्नेछ।
आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन्।
यस्तै विधायन व्यवस्थापन समितिका ज्येष्ठ सदस्य नारायण दत्त मिश्रले “शपथ सम्बन्धी विधेयक, २०७८” सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेश गर्नेछन्।
व्यवस्थापन कार्यतर्फ खानेपानीमन्त्री उमाकान्त चौधरीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त “खानेपानी तथा सरसफाइ विधेयक, २०७६ माथि विचार गरियोस” भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।
यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले 'प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त “मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस” भन्नेप्रस्ताव प्रस्तुत गर्नेछन्।
यस्तै “मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ पारित गरियोस्" भन्ने अर्को प्रस्ताव प्रस्तुत गर्नेछन्।
साउन २, २०७९ सोमबार ०८:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।