मनसुनको न्यून चापीय रेखा सरदरभन्दा दक्षिणतिर, सुदूरपश्चिममा भीषण वर्षाको सम्भावना

मनसुनको न्यून चापीय रेखा सरदरभन्दा दक्षिणतिर, सुदूरपश्चिममा भीषण वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको जनाएको छ। यस्तै आज सुदूरपश्चिम प्रदेशमा भीषण वर्षाको सम्भावना रहेको छ।

यतिबेला प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा भीषण वर्षाको समेत सम्भावना छ।

साउन २, २०७९ सोमबार ०७:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।