राजीनामाका लागि गभर्नर तयार नभएपछि भातृ सङ्गठनलाई सडक उतार्‍यो सत्ताधारी दलले, राजीनामा दिन वा बर्खास्त गर्न २४ घन्टे अल्टिमेटम

राजीनामाका लागि गभर्नर तयार नभएपछि भातृ सङ्गठनलाई सडक उतार्‍यो सत्ताधारी दलले, राजीनामा दिन वा बर्खास्त गर्न २४ घन्टे अल्टिमेटम

काठमाडौँ : सत्ताधारी दल नेपाली काँग्रेस र माओवादी केन्द्रको विद्यार्थी सङ्गठनले राजीनामा दिन गभर्नर महाप्रसाद अधिकारीलाई २४ घण्टाको अल्टिमेटम दिएका छन्। अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारीले राष्ट्र बैङ्क अगाडि विरोध प्रदर्शन गरेका थिए।

प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले धरपकडबाट गर्दा केही प्रदर्शनकारी घाइते भएका थिए। प्रदर्शनका क्रममा विद्यार्थी नेताहरूले २४ घण्टाभित्र गभर्नर अधिकारीले राजीनामा नदिए कडा आन्दोलन गर्ने चेतावनी दिएका थिए।  

कार्यक्रममा अखिल (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले २४ घण्टाभित्र अधिकारीको राजीनामा नआए सडकमा उनका विरुद्ध आगो बाल्ने चेतावनी दिइन्। सिंहले गभर्नर अधिकारी संलग्न हरेक सार्वजनिक कार्यक्रमहरू बहिष्कार गर्ने बताइन्। एमालेका कार्यकर्ता एमप्रसाद अधिकारीले राष्ट्र बैङ्कको कुर्सीमा बसेर राष्ट्रको ढुकुटी दोहन गरिरहेको आरोप समेत लगाएकी थिइन्।

विरोध प्रदर्शनपछि कार्यक्रममा बोल्दै नेविसंघका सभापति डुजाङ शेर्पाले २४ घण्टाभित्र राजीनामा वा बर्खास्त नभएको खण्डमा गभर्नर बहिष्कार गर्ने तथा आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए। अर्थतन्त्र जोगाउनका लागि गरिएको आन्दोलनमा प्रहरी हस्तक्षेप भएको भन्दै अखिल क्रान्तिकारीका नेताहरूले असन्तुष्टि पनि व्यक्त गरेका थिए।

प्रदर्शनलाई लक्षित गरी राष्ट्र बैङ्क वरपर प्रहरीको तैनाथी बढाइएको छ। गभर्नर अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाउने भन्दै विद्यार्थी सङ्गठन सडकमा उत्रिएका थिए। अधिकारीको नियुक्ति राजनीतिक संलग्नता नभएको स्वतन्त्र व्यक्ति मात्र गभर्नर हुनसक्ने प्रावधान विपरीत भएको खुल्न आएको भएको भन्दै विद्यार्थी सङ्गठनहरूले विरोध चर्काएका हुन्।

साउन १, २०७९ आइतबार १४:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।