माओवादी अध्यक्ष प्रचण्ड र भाजपा अध्यक्ष नड्डाबीच नयाँ दिल्लीमा भेटवार्ता

काठमाडौँ : भारत भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच भेटवार्ता भएको छ।
नयाँ दिल्लीस्थित भारतीय जनता पार्टीको केन्द्रीय कार्यालयमा भएको भेटमा दुई पार्टीको सम्बन्ध विस्तार र आपसीहितका बारेमा छलफल भएको थियो। माओवादी केन्द्रका अध्यक्ष दाहालका स्वकीय सचिव रमेश मल्लले उनीहरुबीच भेटवार्ता भएको दिए।
सो अवसरमा भारतीय विदेशमन्त्री एस जयशङ्कर पनि उपस्थित थिए। अध्यक्ष दाहालले शनिबार मात्रै भारतीय विदेशीमन्त्री जयशङ्कर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरेका थिए।
यस्तै, भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवाले अध्यक्ष रहेका फाउण्डेन फर पब्लिक अवारनेस एण्ड पोलिसी’ ले आयोजना गरेको ‘भारत–नेपाल सम्बन्ध’ विषयक कार्यक्रमलाई अध्यक्ष दाहालले सम्बोधन गरेका थिए।
साउन १, २०७९ आइतबार १४:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।