भारत र इङ्ग्ल्याण्ड तेस्रो एकदिवसीयमा भिड्दै, आठ वर्षदेखिको जितको खडेरी तोड्न अवसर

भारत र इङ्ग्ल्याण्ड तेस्रो एकदिवसीयमा भिड्दै, आठ वर्षदेखिको जितको खडेरी तोड्न अवसर

एजेन्सीः आज भारत र इङ्ग्ल्याण्डबीच जारी एकदिवसीय श्रृङ्खलाको तेस्रो तथा अन्तिम खेल हुँदैछ। दिउँसो ३:४५ बाट खेल सुरु हुनेछ।

यसअघि पहिलो खेल भारत र दोस्रो खेल इङ्ग्ल्याण्डले जितिसकेका छन्। खेल १-१ को बराबरीमा भएको बेला आजको खेलको श्रृङ्खला विजेताको टुङ्गो लगाउनेछ।

यस्तै यदि आजको खेल भारतले जितेको खण्डमा भने आठ वर्षदेखिको जितको खडेरी तोडिनेछ। सन् २०१४ मा इङ्ग्ल्याण्डविरुद्ध एकदिवसीय श्रृङ्खला ३-१ ले जितेयता भारतले इङ्ग्ल्याण्डको भूमिमा एकदिवसीय श्रृङ्खला जितेको छैन। त्यसैले पनि आजको खेल भारतको लागि महत्त्वपूर्ण रहेको छ।

यता समग्र तथ्याङ्क हेर्ने हो भने, दुई टोलीले हालसम्म एकअर्काविरुद्ध १०५ एकदिवसीय खेलेका छन्। जसमा भारतले ५६ खेल र इङ्ग्ल्याण्डले ४४ खेल जितेका छन्। त्यसमा दुई खेल टाइ हुँदा तीन खेलको भने कुनै पनि परिणाम आएन।

यस्तै आजको खेल भारतका कप्तान विराट कोहलीको लागि पनि महत्त्वपूर्ण रहेको छ। लगातार खराब फर्मबाट गुज्रिरहेका कोहलीले आज पनि उस्तै खेल प्रदर्शन गरे उनी टिमबाहिर हुने सम्भावना उच्च रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

साउन १, २०७९ आइतबार १२:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।