गभर्नरविरुद्धको प्रदर्शन प्रहरीको हस्तक्षेप, केही घाइते, केही पक्राउ

काठमाडौँ : गभर्नर महाप्रसाद अधिकारीलाई कार्यालय प्रवेश गर्न रोक्न पुगेका केही विद्यार्थी नेता पक्राउ परेका छन्। नेपाल विद्यार्थी सङ्घ र अखिल क्रान्तिकारी काठमाडौँको बालुवाटारमा अधिकारीको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका हुन्।
प्रदर्शनकारीमाथि प्रहरीले बल प्रयोग गरेको थियो। केही प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ। धरपकडमा केही प्रदर्शनकारी घाइते भएका छन्।
गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागका सदस्य भएको सार्वजनिक भएसँगै उनको राजीनामा माग्दै विरोध विरोध प्रदर्शन भइरहेको छ। तर उनले एम अधिकारी आफू नभएको भन्दै राजीनामा दिन मानेका छैनन्।
साउन १, २०७९ आइतबार ११:१७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।