भाजपा अध्यक्षलाई भेटेर आजै नेपाल फर्कँदै प्रचण्ड

काठमाडौंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आज भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गर्नेछन्। प्रचण्ड नड्डाकै निम्तोमा भारत भ्रमणमा गएका हुन्।
आज उनले भाजपाको केन्द्रीय कार्यालयको पनि अवलोकन गर्नेछन्।
प्रचण्डले भारत बसाइँमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवाले, विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए।
प्रचण्ड आजै स्वदेश फर्कनेछन्।
साउन १, २०७९ आइतबार १०:०२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।