नामिबियासँगको लज्जास्पद हारपछि स्कटल्याण्डको सामना गर्दै नेपाल

नामिबियासँगको लज्जास्पद हारपछि स्कटल्याण्डको सामना गर्दै नेपाल
तस्बिरः नेपाली क्रिकेट टोली प्रशिक्षणका क्रममा । क्यान

काठमाडौंः नेपाली राष्ट्रिय क्रिकेट टोलीले गए राति नामिबियासँग पुनः हार व्यहोर्यो। आईसीसी विश्वकप क्रिकेट लिग टुको जारी प्रतियोगितामा नेपाल लगातार नामिबियासँग दुई पटक पराजित भएको हो।

हिजोको खेलमा नेपाल ६३ रनले पराजित भएको हो। नामिबियाले पहिले ब्याटिङ गरेर दिएको २०० रनको लक्ष्य नेपालले भेटाउन सकेन। ३७ ओभर ५ बलमा १३६ रनमा नेपाली टोली अलआउट भएको थियो।

यसअघि नामिबियासँग नेपाल ४० रनले पराजित भएको थियो।

यस्तै आज भने नेपालले स्कटल्याण्डको सामना गर्नेछ। यही प्रतियोगितामा नेपालले स्कटल्याण्डलाई पहिलो खेलमा ५ विकेटले हराएको थियो।

आजको नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बाट सुरु हुनेछ।

नेपाल आजको अन्तिम खेलमा जित हासिल गर्न र स्कटल्याण्डविरुद्धको अपराजित यात्रा कायम राख्न चाहन्छ। यता स्कटल्याण्ड भने नेपालसँगको हारको बदला लिने दाउमा हुनेछ। यस्तै नामिबियालाई दुवै खेलमा हराएको स्कटल्याण्ड आज नेपाललाई हराएर प्रतियोगिताको सुखद् अन्त्य गर्न चाहन्छ।

हाल लिग टुको अंक तालिकामा नेपाल १९ खेलमा १७ अंकसहित छैटौं स्थानमा छ। स्कटल्याण्ड २३ खेलमा ३२ अंकसहित दोस्रो स्थानमा छ।

साउन १, २०७९ आइतबार ०९:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।