ककनीमा टिपर दुर्घटना हुँदा एक महिलाको मृत्यु, पाँच जना घाइते

काठमाडौंः नुवाकोटको ककनी गाँउपालिका- १ महालक्ष्मीस्थानस्थित भित्री सडकखण्डमा गए राति टिपर दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ। यस्तै पाँच जना घाइते भएका छन्।
मृत्यु हुनेमा टिपरमा सवार ककनी गाँउपालिका- १ कि अन्दाजी ३२ वर्षीया वसन्ती बलामी रहेकी छिन्। बलामीको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका सबैलाई उपचारको लागी काठमाडौं ल्याइएको छ। घाइतेमध्ये टिपरमा सवार ककनी गाँउपालिका- १ का अन्दाजी ३० वर्षीय विष्णु बलामीको अवस्था भने गम्भीर छ।
महालक्ष्मीस्थानबाट तरकारी लिएर काठमाडौं आउँदै गरेको बा४ख ३७२८ नम्बरको टिपर गए राति पौने ३ बजे, सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो।
चालक तत्काल फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी ओखरपौवा नुवाकोटले जनाएको छ।
साउन १, २०७९ आइतबार ०९:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।