मन्दाकिनी हाइड्रोको आईपीओ साउन ९ बाट, ११ लाख ७६ हजार कित्ता निष्काशन हुने

मन्दाकिनी हाइड्रोको आईपीओ साउन ९ बाट, ११ लाख ७६ हजार कित्ता निष्काशन हुने

काठमाडौंः मन्दाकिनी हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। यही साउन ९ गतेबाट कम्पनीले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको हो।

कम्पनीले ११ लाख ७६ हजार ७३ कित्ता शेयर निष्काशन गर्न लागेको हो। निष्काशन गरिनेमध्ये २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ।

बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

आईपीओ भर्ने मिति साउन १२ सम्म तय गरिएको छ। सो अवधिमा मागबमोजिम आवेदन नपरेमा भने आवेदन दिने म्याद साउन २३ गतेसम्म लम्बिनेछ।

केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस (आईएस) रेटिङ प्रदान गरेको छ।

साउन १, २०७९ आइतबार ०८:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।