अब तीन सय डलरमाथिको मोबाइल ल्याउन नपाइने

काठमाडौँ : सरकारले वैशाख १३ गतेदेखि लगाएको आयातको प्रतिबन्धको समय बढाएर भदौ १४ गतेसम्म पुर्याएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा वैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित भदौ १४ गतेसम्म पुर्याउने निर्णय गरेको हो।
राजपत्रमा प्रकाशित सूचना अनुसार यो अवधिमा ३ सय माथिका स्मार्ट फोन, मदिरा, १५० सिसीमाथिका मोटरसाइकल, कार/जिप/भ्यान, हिरा, ३२ इन्च माथिका टेलिभिजन लगायतको आयातमा रोक लगाएको छ।
आयात प्रतिबन्धित १० बस्तु
१- कुरकुरे, कुरमुरे, लेज र त्यस्तै उत्पादनहरू
२- सबै प्रकारका तयारी मदिरा
३- चुरोट तथा सुर्तीजन्य बस्तु
४- हिरा (औद्योगिक कच्चा पदार्थ बाहेक)
५- ३ सय डलर माथिका स्मार्ट फोनहरू
६- ३२ इन्चमाथिका रङ्गिन टेलिभिजन
७- जिप/कार/भ्यानहरू
८- १५० सिसी माथिमा मोटरसाइकल
९- सबै प्रकारका खेलौनाहरू
१०- खेल्ने तास
साउन १, २०७९ आइतबार ०८:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।