आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन

आज साउने सङ्क्रान्ति, लुतो फाल्ने दिन

काठमाडौंः आज साउन १ गते अर्थात् साउने सङ्क्रान्ति। सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन भएकाले आजको दिन धर्मशास्त्रीय दृष्टिकोणबाट महत्त्वपूर्ण मानिन्छ। 

यस्तै आजकै दिनबाट सूर्य दक्षिणायन हुने गर्दछ। माघ १ गते सूर्य उत्तरायण हुने र साउन १ गते सूर्य दक्षिणायन हुने हुँदा यो दिन विशेष मानिन्छ।

आजको दिन ‘लुतो फाल्ने’ पनि गरिन्छ। खासगरी पर्वते मूलका नेपाली हिन्दू परम्परामा मनाइने यो पर्वमा साउने सङ्क्रान्तिका दिन साँझ लुतेसरो, कुकुरडाइनो, भलायो र कुरिलोसहितका जङ्गली वनस्पतिमा आगो सल्काएर अगुल्टो खोल्सा कटाउने गरी हुत्याउँदै ‘लुतो जा’ भन्दै कराइने चलन छ।

यस्तै आजबाट सुरु भएको साउन महिनाभर भगवान् शिवको विशेष पूजा गरेर मनाइन्छ।

साउन १, २०७९ आइतबार ०७:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।