यस्तो रहनेछ आइतबारको मौसम

यस्तो रहनेछ आइतबारको मौसम

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशको पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।

यतिबेला प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशको पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राति पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

साउन १, २०७९ आइतबार ०७:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।