सरकार छ भन्ने अनुभूति भएन : महामन्त्री थापा

सरकार छ भन्ने अनुभूति भएन : महामन्त्री थापा

काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई सरकार भएको अनुभूति नभएको बताएका छन्। सानेपास्थित पार्टी कार्यालयमा जारी केन्द्रीय समिति बैठकमा बोल्दै महामन्त्री थापाले सरकार छ भन्ने अनुभूति नभएकाले यसको प्रतिरक्षा गर्न नसक्ने बताएका हुन्। उनले यो सरकारले पनि ओलीकै कार्यशैली पच्छाएको आरोप लगाए। 

उनले स्थानीय निर्वाचनमा ३ सय भन्दा धेरैले जित्यो भनेर दम्भ गर्नुपर्ने अवस्था नरहेको बताए। त्यस्तो दम्भ नगरौँ ठूला सहरमा धक्का लागेको छ। उनले भने पार्टी सभापतिलाई खुसी बनाउन भनिएका कुराले पार्टीलाई हित हुँदैन। एक वर्ष सरकार चलाइसक्यौँ। अब फेरि पनि सरकार चलाउँदा के डेलिभरी गर्छौँ? भन्ने प्रस्ट नभई मत आउँदैन। 

हिजो ओली नेतृत्वको सरकार हुँदा चलाउँछौँ हेर्नू भनेका स्मरण गराउँदै महामन्त्री थापाले भने, आज सकार कसरी चलेको छ देखिएको छ? डिफेन्स गर्ने अवस्था छैन। हामी माथिका  प्रश्नले हामीलाई लखेट्छ। उनले केही राम्रा काम गरेकाले त्यसको क्रेडिट सरकारलाई दिनुपर्ने बताए। 

अझै पनि भित्तामा पुर्याउने, घेराबन्दी गर्ने हो भने ख्याल गर्नुहोस्, महाधिवेशनमा उहाँ पनि निर्वाचित भएर आएको हो, हामी महामन्त्रीहरू पनि निर्वाचित भएर आएका हौँ, त्यतिकै बस्दैनौँ उनले भने। 

असार ३२, २०७९ शनिबार २०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।