मलाई अहिले नखेद्नुस्, पार्टी बलियो बनाएर छाड्न चाहन्छु : सभापति देउवा

मलाई अहिले नखेद्नुस्, पार्टी बलियो बनाएर छाड्न चाहन्छु : सभापति देउवा

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाएर आफूले विश्राम लिन चाहेको बताएका छन् । जारी केन्द्रीय समितिमा बोल्दै प्रधानमन्त्री समेत रहेका देउवाले शेखर कोइराला पक्षलाई पनि सँगै लिएर अघि बढ्ने बताएका हुन्। 

मलाई अहिले नखेद्नुस्। उनले भने, 'म पार्टी बलियो बनाएर छाड्न चाहन्छु। मलाई कुनै बेला पार्टीबाट साधारण सदस्यबाट निकालेको हो। त्यसकारण अप्रिय कदम चाल्नु परो। अहिले त्यो अवस्था छैन। मेरो चाहाना कांग्रेसलाई पहिलो र प्रिय बनाएर छाड्ने हो।'

उनले भातृसंस्थाका समिति गठन गर्दा शेखर पक्षसँग  सोधेको बताए । उनले भने, 'तरुण दल र नेविसंघ गठन गर्दा सोधेको हुँ। फोन चाहिँ उठाउनुस्। फोन उठ्दैन। फोन गरेर खोज्दा एउटा महामन्त्री कहाँ छु भन्छ, अर्को कहाँ? महामन्त्री खोजे भेटिँदैन। यहाँ रूघ्ने म मात्र भएँ।' 

सभापति देउवाले भने, 'ओली र म सँगै जेल बसेको हो। ओलीलाई मैले जिति कसैले चिनेको छैन। त्यसकारण गठबन्धन गरौँ। मैले कहिलै पार्टी प्यालेसमा किन भेला गरेको भनेर सोधेको छैनरु अब देखि चाहिँ यहीँ गर्नुस् भनेको हुँ।'

प्रचण्डलाई गिरिजाबाबुले भारतबाट ल्याउनु भएको हो छोड्ने बेला भएको छैन। उनले भने, 'माधव नेपाल पार्टी छोडेर आएका हुन्, उनलाई छोड्ने कुरा छैन। हामी एक्लै जित्दैनौँ, त्यसैले गठबन्धन गरौँ। मैले कसैलाई नभेट्ने भनेको छैन, शेखर आउनुस् म भेट्छु, छलफल गर्छु।'

असार ३२, २०७९ शनिबार २०:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।