सहमहामन्त्रीद्वय पाण्डे र परियारको प्रश्नः भातृसंस्थाका समिति गठन गर्दा शेखरसँग छलफल किन गरिएन ?

सहमहामन्त्रीद्वय पाण्डे र परियारको प्रश्नः भातृसंस्थाका समिति गठन गर्दा शेखरसँग छलफल किन गरिएन ?

काठमाडौँ : नेपाली कांग्रेसका सह-महामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारले भातृसंस्थाका समिति गठन गर्दा शेखर कोइराला पक्षसँग छलफल किन नगरेको भन्दै प्रश्न गरेका छन्।

जारी केन्द्रीय समिति बैठकमा पाण्डेले नेविसंघ र तरूण दल गठन गर्दा नेता शेखर कोइरालासँग सामान्य छलफल समेत नगरेकोमा आपत्ती जनाए। देउवाले नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरूण दलको अध्यक्षमा विद्वान गुरूङलाई अध्यक्ष बनाएका थिए। तर, नेता शेखरसँग छलफल नै नगरिएको र एकलौटी गर्न खोजिएको पाण्डेको भनाइ थियो। 

यस्तै केन्द्रीय समिति बैवठकमा बोल्दै अर्का सहमहामन्त्री परियारले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले मत हालेका कोइरालासँग सभापतिले छलफल समेत नगर्नु दुःखद् भएको बताए। भातृसंस्थाका तदर्थ समिति गठन लगायतका विषयका छलफल नै नगरी सभापति देउवा एकलौटी ढंगले अघि बढ्न खोजेको उनको भनाइ थियो।

जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्नेक्रम सकिएको छ। मन्त्रीहरूले बोल्ने क्रम सकिएपछि पदाधिकारीले बोल्ने क्रम सुरू भएको छ। अहिले सह–महामन्त्रीहरूले बोलिरहेका छन्।
 

असार ३२, २०७९ शनिबार १९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।