गठबन्धन हुँदा जसको पनि सिट जान सक्छ तयार रहनू : गृहमन्त्री खाँण

काठमाडौँ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले माओवादी केन्द्र गठबन्धन बिना चुनाव नलड्ने बताएका छन्। जारी केन्द्रीय समिति बैठकमा बोल्दै गृहमन्त्री समेत रहेका खाँणले गठबन्धनको आवश्यकता रहेको बताएका हुन्। उनले भने, गठबन्धन बिना माओवादी एकलै चुनाव लड्दै लड्दैन उसले कुनै अर्को पार्टनर खोजिहाल्छ।
उनले गठबन्धन हुँदा कसैको पनि सिट जान सक्ने भएकाले तयार रहन आग्रह गरे। उनले अहिले मात्र नभएर धेरै पछाडिसम्म पनि गठबन्धन को आवश्यकता हुने बताए। फरक प्रसंगमा गृहमन्त्री खाँणले भने, गृह प्रशासनको नियमित ड्युटि अनुसार नै सूचना संकलन हुन्छ। कसैको सुराक चियो चर्चा भएको भए त्यसै बेला भन्नु पर्ने छ महिना पछि मिडियामा पोलिटिकल स्टन्टको कुनै आवश्यक छैन।
यस्तै केन्द्रीय समिति बैठकमा बोल्दै नेता दिलेन्द्र बडुले अहिलेको अवस्थामा अर्थतन्त्र सुधार्न उद्योग मन्त्रालयले नीति कार्यक्रम पारित गरेको बताए। उनले नयाँ आर्थिक वर्षमा नयाँ कार्यविधि बनाएर लागू गर्नुपर्ने भन्दै निर्यात बढाउन नीतिगत आर्थिक र मौद्रिक नीति सुधार गरिएको जानकारी गराए।
पेट्रोलियम आपूर्तिमा असहज स्थिति उत्पादन भएको अवगत नै छ। उनले भने, रुस युक्रेन युद्धले चरम अभाव भएको अन्तर्राष्ट्रिय बजार मूल्य वृद्धि भएको छ। त्यसैले नेपालमा पनि अझै पनि मूल्य बढाउनु पर्ने बाध्यता छ।
सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेका बडुले महँगीका कारण उपभोक्तामा असर परेको स्वीकार गर्दै पेट्रोलियम पदार्थमा कर घटाएर सहज बनाउने प्रयास जारी रहेको बताए।
असार ३२, २०७९ शनिबार १५:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।