खेत जोत्ने क्रममा ट्र्याक्टर पल्टिँदा सहचालकको मृत्यु
झापाः बुद्धशान्ति गाँउपालिका- ५ शान्तिनगर गैरीगाँउमा खेत जोत्ने क्रममा ट्र्याक्टर पल्टेर सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका २६ वर्षीय विकास कुमाल रहेका छन्। शुक्रबार अपराह्न ४ बजे प्र१-०१-००१ त ९३२५ नम्बरको ट्र्याक्टर खेत जोत्ने क्रममा अचानक पल्टेर दुर्घटना भएको हो।
सहचालक कुमालको घटनास्थलमा नै मृत्यु भएको हो।
घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय बुधबारे र धुलाबारीबाट खटिएको प्रहरी टोलीले ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
असार ३२, २०७९ शनिबार ११:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।