कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, शीर्ष नेता तथा पदाधिकारीले धारणा राख्ने

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि, शीर्ष नेता तथा पदाधिकारीले धारणा राख्ने

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ।

गत सोमबारबाट सुरु भएको बैठकमा आज पार्टीका शीर्ष नेता एवम् पदाधिकारीहरूले धारणा राख्ने कार्यसूची रहेको छ। यसअघिका बैठकमा पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा केन्द्रीय सदस्यहरूले धारणा व्यक्त गरेकाले आज शीर्ष नेताले यिनै विषयमाथि धारणा राख्नेछन्।

यस्तै बुधबारको बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीलाई बलियो बनाउनेभन्दा पनि कमजोर बनाउने काम गरिरहेको भन्दै आलोचना गरेका थिए। बुधबार बोल्ने अधिकांश सदस्यहरूले दुवै महामन्त्री पार्टीभन्दा पनि कुनै गुटको नेताको रूपमा काम गरिरहेको भन्दै सुध्रन चेतावनी दिएका थिए।

यसका साथै केन्द्रीय सदस्यहरूले पार्टीबाट सरकारमा सहभागी मन्त्रीको कामकारबाहीबारे पनि प्रश्न उठाएका थिए।

असार ३२, २०७९ शनिबार १०:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।