भारतीय सुरक्षा सल्लाहकारसँग किन भेट्दै छन् प्रचण्ड ?

भारतीय सुरक्षा सल्लाहकारसँग किन भेट्दै छन् प्रचण्ड ?

काठमाडौँ : भारत भ्रमणको क्रममा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखी राष्ट्रिय सुरक्षा सल्लाहकारसम्मलाई भेट गर्दैछन्।

सत्ताधारी दल भारतीय जनता पार्टीको निमन्त्रणामा प्रचण्ड शुक्रवार भारत गएका हुन्। शनिवार प्रचण्डले भाजपाका अध्यक्ष जगतप्रकाश नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्नेछन्।

शनिवारै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशङ्करसँग उनले भेट गर्दैछन्।

आइतबार भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। मोदी भेटेपछि उनी आइतबारै नेपाल फर्कने छन्। 

असार ३२, २०७९ शनिबार ०८:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।