आज पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना

आज पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भूभागका केही स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ।

यतिबेला प्रदेश १, गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही त्यहाँका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशभरका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै र अन्य प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

असार ३२, २०७९ शनिबार ०७:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।