खैरो हिरोइनसहित बौद्धबाट चार जना पक्राउ

खैरो हिरोइनसहित बौद्धबाट चार जना पक्राउ

काठमाडौँ : नेपाल प्रहरीले अवैध लागुऔषध खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ। प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले काठमाडौँ महानगरपालिका–६ बौद्ध पिपलबोटमा लागुऔषध कारोबारमा संलग्न चार जनालाई बिहीबार पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक हेलम्बुका २६ वर्षीय नीमा लामा, मोरङ शनिश्चरेका २९ वर्षीय किसान आङदेम्बे, रामेछापका ३५ वर्षीय कृष्णबहादुर मगर र मोरङ शनिश्चरेका २६ वर्षीय मणिराज सुब्बा रहेका छन्। 

ब्यूरोका प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले अवैध रुपमा लागुऔषध बोकेर बिक्री वितरण गर्न हिँडेको अवस्थामा बौद्धबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। 

असार ३१, २०७९ शुक्रबार २१:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।