आइजिपी नियुक्तीविरुद्धको रिट खारेज, सिंहको नियुक्ति भयो सदर

आइजिपी नियुक्तीविरुद्धको रिट खारेज, सिंहको नियुक्ति भयो सदर

काठमाडौँ : सर्वोच्च अदालतले नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णय सदर गरेको छ। सिंहको नियुक्तीविरुद्ध परेको रिट खारेज गर्दै सरकारको निर्णय सदर गरेको हो। 

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासले सिंहलाई आइजिपी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय कानुनसम्मत भएको ठहर गरेको हो। 

सिंहसहित वसन्तकुमार पन्त र रवीन्द्रबहादुर धानुकलाई एआईजी बढुवा गर्ने निर्णयविरुद्ध डिआइजीहरू ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले हालेको रिट समेत इजलासले खारेज गरेको छ।
 

असार ३१, २०७९ शुक्रबार १९:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।