तोलामा आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

तोलामा आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँले घटेको छ। आज छापावाल सुन तोलामा ९३ हजार ८०० मा कारोबार भइरहेको छ।

यसअघि छापावाल सुनको मूल्य ९४ हजार ६०० कायम भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ३०० कायम भएको छ।

यस्तै नेपाली बजारमा आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला एक हजार १४५ कायम भएको छ।

असार ३१, २०७९ शुक्रबार १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।