महोत्तरीमा दुई वर्षीय बालकको शव पोखरीमा फेला

महोत्तरीः जिल्लाको लोहारपट्टी नगरपालिका–४ बरथटोलमा पोखरीमा डुबेका अवस्थामा गए राति एक बालकको शव भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीका अनुसार गए राति स्थानीय भाग्यनारायण यादवका छोरा दुई वर्षीय सार्थक यादवको शव गाउँकै शिवजी पोखरी फेला परेको हो।
बालक सार्थक घरबाट खेल्न भनी निस्किएका थिए। तर अबेर साँझसम्म पनि घर नफर्केपछि परिवारले खोज्दै जाँदा पोखरीमा डुबेको अवस्थामा फेला परेको थियो।
असार ३१, २०७९ शुक्रबार ११:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।