आईजीपी विवादमा आज आउला फैसला !

काठमाडौं : नेपाल प्रहरीको आईजीपी नियुक्तिविरुद्ध परेको रिटमा आज शुक्रवार सुनुवाइ हुँदैछ। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलासमा सो मुद्दा हेर्दाहेर्दैको अवस्थामा रहेको थियो।
शुक्रबार यो मुद्दामा पाँचौ पटक सुनुवाइ हुन लागेको हो। साउन २० अगाडि फैसला नआए रिटकर्ता एआइजी विश्वराज पोखरेलले अवकाश पाउने छन्। शुक्रबार रिटकर्ता पोखरेलका कानून व्यवसायीले जवाफ दिँदैछन्।
निरन्तर सुनुवाइ गरिने भनिएको रिटमा एक-एक सातामा पेशी तोकिने गरिएको छ। संयुक्त इजलासमा जेठ ३०, असार ५, १३ र १९ मा आईजीपी विवादबारे सुनुवाइ भएको थियो।
मन्त्रिपरिषद्ले बैशाख १८ मा धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि वरिष्ठता मिचेर मन्त्रिपरिषद्ले सिंहलाई आईजीपी नियुक्त गरेको भन्दै एआईजी पोखरेल सर्वोच्च गएका थिए।
असार ३१, २०७९ शुक्रबार ११:०५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।