उपसभामुख चयनदेखि नागरिकता विधेयकसम्म, यस्तो छ आजको संसद् बैठकको कार्यसूची

उपसभामुख चयनदेखि नागरिकता विधेयकसम्म, यस्तो छ आजको संसद् बैठकको कार्यसूची

काठमाडौंः प्रतिनिधि सभाको आजको बैठक उपसभामुख चयनदेखि नागरिकता विधेयकसम्मका विषयमा केन्द्रित हुनेछ। आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको एघारौं अधिवेशनको ४१औं बैठकमा “नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्” भन्ने प्रस्तावमाथि छलफल हुनेछ।

यस्तै सभामुख अग्निप्रसाद सापकोटाले “नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्” भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।

यस्तै प्रतिनिधि सभाको ४२औं बैठक पनि आजै दिउँसो ३ बजेबाट सुरु हुनेछ। यो बैठकले उपसभामुखको टुङ्गो लगाउनेछ। उपसभामुख पदको लागि एमालेले विद्या भट्टराई र कांग्रेसले गठबन्धनको तर्फबाट पुष्पा भुसाललाई अघि सारेको छ।

भट्टराईलाई उपसभामुखमा निर्वाचित गरियोस् भनेर सांसद् शान्ता चौधरीले प्रस्ताव पेश गर्नेछिन् भने यस प्रस्तावलाई सांसद् कृष्णभक्त पोखरेलले समर्थन गर्नेछन्।

यस्तै भुसाललाई उपसभामुख निर्वाचित गरियोस् भनेर सांसद् देवप्रसाद गुरुङले प्रस्ताव प्रस्तुत गर्नेछन् भने यस प्रस्तावलाई सांसद् लक्ष्मीकुमारी चौधरीले समर्थन गर्नेछिन्।

असार ३१, २०७९ शुक्रबार १०:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।