माओवादी अध्यक्ष प्रचण्ड आज भारत जाँदै

काठमाडौंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारततर्फ जाँदैछन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा उनी तीनदिने भारत भ्रमणमा जान लागेका हुन्।
दुई महिनाअघि नेपालका लागि तत्कालीन भारतीय राजदूत विनयमोहन क्वात्राले प्रचण्डलाई भेटी उपयुक्त समयमा भारत भ्रमणको निम्तो दिएका थिए। भ्रमणका बारेमा बिहीबार साँझ बसेको माओवादीको स्थायी कमिटी बैठकमा छलफल भएको थियो।
बैठकले पार्टी अध्यक्षको भ्रमणले नेपाल–भारतबीचको आपसी सम्बन्ध थप सुदृढ गर्न मद्दत मिल्ने निष्कर्ष निकालेको थियो। आगामी साउन १ गते प्रचण्ड स्वदेश फर्कने कार्यक्रम छ।
असार ३१, २०७९ शुक्रबार ०८:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।