गभर्नरसँग प्रधानमन्त्रीले राजीनामा मागेपछि उनले भने' मौद्रिक नीति जारी गरेर बिदामा बस्छु'

गभर्नरसँग प्रधानमन्त्रीले राजीनामा मागेपछि उनले भने' मौद्रिक नीति जारी गरेर बिदामा बस्छु'

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीलाई राजीनामा दिन भनेका छन्। बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाएर उनले राजीनामा दिन भनेका थिए।

अन्य मन्त्रालयका केही सचिव समेत रहेको बैठकमा अधिकारीले एमालेमा आफू आबद्ध नरहेको बताएका थिए। तर प्रधानमन्त्रीले नाम सार्वजनिक भएपछि गभर्नरको रूपमा गर्ने कामहरू शंकामा पर्ने भन्दै उनलाई राजीनामा दिन निर्देशन दिँदै यदि राजीनामा नदिए सरकारले अन्य विकल्प अपनाउने चेतावनी दिएका थिए।

एमालेको एक समितिमा एम अधिकारीको रूपमा उनको नाम समितिमा राखेपछि गभर्नर अधिकारी विवादमा तानिइरहेका छन्। सांसददेखि सडकसम्म सरकारमा रहेको दल माओवादी केन्द्रले उनको राजीनामा र छानबिनको माग गरिरहेको छ।

प्रधानमन्त्रीको मुड नबदलिएपछि गभर्नर अधिकारीले आफू राजीनामाको लागि तयार नरहेको तर मौद्रिक नीति जारी गरेपछि विदामा बस्ने जानकारी गराएपछि सो प्रसङ्ग टुङ्गिएको थियो।

'प्रधानमन्त्रीसँग गरेको वाचा अनुसार उनले मौद्रिक नीति जारी गरेपछि  बिदामा बस्नेछन्' स्रोतले भन्यो।

असार ३०, २०७९ बिहीबार २३:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।