आइएमइपेमार्फत हवाई टिकट किनेका सन्देश र रामपुकारले पाए सुनको सिक्का

आइएमइपेमार्फत हवाई टिकट किनेका सन्देश र रामपुकारले पाए सुनको सिक्का

काठमाडौँ : आइएमई पेले  नयाँ योजना अनुसार हवाई टिकट किन्नेमध्ये सुनको सिक्का जित्ने दुई विजेताको नाम सार्वजनिक गरेको छ।

पहिलो दुई साताको विजेता सन्देश श्रेष्ठ र दोस्रो दुई साताको विजेता राम पुकार महतो रहेको कम्पनीले जानकारी दिएको छ। दुवै विजेताले बुद्ध एयरलाइन्सबाट भैरहवाबाट काठमाडौँ र जनकपुरबाट काठमाडौँको हवाई टिकट काटेका थिए।

योजना अवधिभर हवाई टिकट काट्ने यात्रुहरू मध्य चाँदीको सिक्का र चन्द्रागिरि केबलकारको विजेताको नाम आइएमई पेको फेसबुक पेजमा साप्ताहिक घोषणा हुने गरेका छन्।

जेठ १ बाट सुरु भएको योजनामा आइएमई पे मोबाइल वालेट एपमार्फत नेपालको कुनै पनि आन्तरिक उडान सेवाको हवाई टिकट काट्ने यात्रुमध्ये योजना अवधिभर हवाई टिकट बुक गर्ने २ यात्रुले हरेक १५ दिनमा एउटा सुनको सिक्का जित्ने गरेका छन्।

असार ३०, २०७९ बिहीबार १५:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।