सेयर बजारमा गभर्नर विवादको सकारात्मक प्रभाव, २ हजार कट्यो परिसूचक

काठमाडौँ : गत मङ्गलवारदेखि उकालो लागेको नेप्सेले बिहीबार पनि बढेर बन्द भएको छ। गभर्नर महाप्रसाद अधिकारी विवादमा तानिइरहेका बेला यता सेयर बजार भने बढ्न थालेको हो।
बिहीबार नेप्से परिसूचक १४.७१ अङ्क बढेर २००१.५३ विन्दुमा पुगेर बन्द भयो। सेन्सेटिभ इण्डेक्स १.७७ अङ्क बढेको छ भने फ्लोट इण्डेक्स १.१० अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अङ्क बढेको छ।
१३ उपसमूहमध्ये बिहीबार १३ वटै उपसमूहको परिसूचक बढ्यो। जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशत बढेको छ। वित्त र लघुवित्तको शेयरमूल्य १ प्रतिशतभन्दा बढी बढेको छ।
बुधवार २ अर्बको शेयर कारोबार भएकोमा बिहीबार बजार बन्द हुँदा २ सय २० स्टकको ३९ हजार १ सय ६८ पटकको कारोबारमा २ अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपैयाँ बराबरको ६२ लाख १० हजार कित्ता शेयर खरिदबिक्री भयो।
कारोबार रकमका आधारमा एनआईसी एसिया बैङ्क शीर्ष स्थानमा रह्यो। सो बैङ्कको ३० करोड १८ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। अपर तामाकोसी १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।
एनआईबिएल प्रगति फण्डको इकाई सकारात्मक सर्किट लेभलमा पुगेर कारोबार भयो। प्रभु सेलेक्ट र अपर तामाकोसी मूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने नबिल ब्यालेन्स्ड फण्ड २, रिभर फल्स पावर र बोटलर्स नेपाल तराईको मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।
प्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ५.०१ प्रतिशत घटेको छ। सिईडिबी हाइड्रोपावर, समिट लघुवित्त र लक्ष्मी लघुवित्तको शेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेका छन्।
असार ३०, २०७९ बिहीबार १५:४५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।