एम अधिकारीको रूपमा निशानामा परेका गभर्नरले भेटे प्रधानमन्त्री

एम अधिकारीको रूपमा निशानामा परेका गभर्नरले भेटे प्रधानमन्त्री

काठमाडौँ : प्रमुख प्रतिपक्षी दलको एक समितिको सदस्यको रूपमा नाम सार्वजनिक भएपछि विवादमा आएका गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्।

राष्ट्र बैङ्क ऐन विपरीत दलको सदस्यमा नाम रहेका उनी २ दिनदेखि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्। उनले ट्विटमार्फत एम अधिकारी आफू नभएको दाबी गरेका थिए भने केही अनलाइनमा एमालेले एम अधिकारी भनेको उनी नभएको भन्दै पठाएको पत्र सार्वजनिक भएका छन्।

तर इकाजमा प्रकाशित उनको कोडमा भने एमालेको सूचीमा रहेको नाम आफ्नै रहेको स्वीकार गरेका छन्। इकागजमा उनको भनाई लेखिएको छ' मेरो नाम उहाँहरू (पार्टी) ले कसरी राख्नुभयो, त्यसमा स्पष्ट पार्न भनेको छु।’

संसद्को बहसमा समेत यो विषय प्रवेश भइसकेको छ। एमालेका सांसदहरूले छानबिनसँगै उनको राजीनामा मागिरहेका छन्।

बिहीबार भएको भेट भने अर्थमन्त्री र गभर्नरबिचको भेटको रूपमा बालुवाटारले अर्थ्याएको छ। जनार्दन शर्माको राजीनामापछि अर्थ मन्त्रालय प्रधानमन्त्री देउवाले नै राखेका छन्।

राष्ट्र बैङ्क नयाँ मौद्रिक नीति ल्याउने तयारीमा छ। सोही विषयमा छलफल गर्न उनी बालुवाटार गएको दाबीहरू आइरहेका छन्। 

असार ३०, २०७९ बिहीबार १५:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।