बोलेरो अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु, नौ घाइते

काठमाडौंः उदयपुरको कटारीबाट मैयाखुतर्फ जाँदै गरेको प्रदेश-२-०१-००१ च ०२४३ नम्बरको बोलेरो कटारी नगरपालिका-४ मा आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा बोलेरोमा सवार नौ जना घाइते भएका छन्।
घाइतेहरूलाई उपचारको लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा कटारी नगरपालिका-१३ का १८ वर्षीय विष्णु राउतको मृत्यु भएको हो। अन्य घाइतेहरूको सोही अस्पताल उपचार भइरहेको छ।
घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय कटारीले थप अनुसन्धान गरिरहेको छ।
असार ३०, २०७९ बिहीबार ११:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।