घटिरहेको सुनको मूल्य तोलामा तीन सयले बढ्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। पछिल्लो केही दिनयता घटिरहेको सुनको मूल्य आज तोलामा तीन सय रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ९४ हजार ६०० पुगेको छ। यस्तै तेजाबी सुनको मूल्य ९४ हजार १०० कायम भएको छ।
महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेको छ। चाँदी आज तोलामा ११ हजार ८० रुपैयाँमा कारोबार भइरहेको छ।
असार ३०, २०७९ बिहीबार ११:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।