यमबुद्धको सालिक बनाउने मेयर बालेन्द्रको निर्णयमा विष्णु पौडेलको साथ

यमबुद्धको सालिक बनाउने मेयर बालेन्द्रको निर्णयमा विष्णु पौडेलको साथ

काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दिवङ्गत र्यापर यमबुद्धको सालिक बनाउन १५ लाख बजेट विनियोजन गरेपछि त्यसको चौतर्फी विरोध भएको थियो। पछि उनले आफ्नै तलबबाट सालिक बनाउने भन्दै विरोधको स्वर मत्त्थर पार्न खोजे।

यद्यपि, उनीमाथि प्रश्नको सिलसिला र विरोध रोकिएन। सालिक राख्ने जग्गाको बारेमा गरिएको प्रश्नको उनले अझै उत्तर दिएका छैनन्।

आज भने एकाएक बिनासन्दर्भ एमाले उपाध्यक्ष विष्णु पौडेलले यमबुद्धको सालिक बनाउने कदम स्वागतयोग्य भन्दै मेयर बालेन्द्रको निर्णयमा साथ दिएका छन्।

उनले यमबुद्धलाई हिपहपका विख्यात नक्षत्र पनि भनेका छन्।

उनले ट्वीट गरेका छन्, 'संघीय लोकतान्त्रिक गणतन्त्र आ-आफ्नो क्षेत्रबाट समाजका लागि उत्कृष्ट योगदान गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्ने प्रणाली हो। तसर्थ, नेपाली माटोमा जन्मिएका हिपहप गायन विधाका विख्यात नक्षत्र यमबुद्धको प्रतिमा (सालिक) निर्माण गर्ने काठमाडौं महानगरपालिकाको निर्णय स्वागतयोग्य छ।'

असार ३०, २०७९ बिहीबार ११:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।