भाजपा अध्यक्षले बोलाएकाले प्रचण्ड भोलि भारत जाँदै

काठमाडौंः माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भोलि भारत भ्रमणमा जाँदैछन्। भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड भारत भ्रमणमा जान लागेका हुन्।
शुक्रबार दिउँसो १ बजे प्रचण्ड भारतको नयाँ दिल्ली जानेछन्। त्यहाँबाट आइतबार मात्र उनी नेपाल फर्कने तालिका रहेको छ।
भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटवार्ता समेत हुने बताइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने भेट हुने/नहुने टुङ्गो लागेको छैन।
असार ३०, २०७९ बिहीबार १०:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।