संसद्मा आज नागरिकता विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव पेश हुने

काठमाडौंः आजको प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ। आजको संसद् बैठक दिउँसो ३ बजेका लागि तय भएको छ।
त्यसअघि आज उपसभामुखको लागि मनोनयन दर्ताको प्रक्रिया चल्नेछ।
प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार आज मन्त्री खाँणले “नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
असार ३०, २०७९ बिहीबार ०९:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।