हात्तीवनमा रोकिराखेको ट्रकमा स्कुटर ठोकियो, लेलेका २० वर्षीय सुरेशको मृत्यु

हात्तीवनमा रोकिराखेको ट्रकमा स्कुटर ठोकियो, लेलेका २० वर्षीय सुरेशको मृत्यु

काठमाडौंः ललितपुरको हात्तीवनमा गए राति रोकिराखेको ट्रकमा स्कुटर अनियन्त्रित भएर ठोकिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्कुटर चालक ललितपुरको गोदावरी नगरपालिका- ५ लेले घर भई हाल नख्खु बस्ने अन्दाजी २० वर्षीय सुरेश मोक्तान रहेका छन्।

गम्भीर घाइते भएका मोक्तानको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटौमै मृत्यु भएको हो। शवलाई पाटन अस्पताल राखिएको छ।

हात्तीवनस्थित सडक छेउमा रोकी राखेको बागमती प्रदेश-०१-००५ख ९४७५ नम्बरको ट्रकको पछाडि मोक्तानले चलाएको बागमती प्रदेश-०२-००७प ८६३८ नम्बरको स्कुटर गए राति पौने १ बजे ठोकिएको प्रहरी वृत्त सातदोबाटोले जनाएको छ।

दुवै सवारी साधन र ट्रक चालकलाई नियन्त्रणमा लिएको छ।

असार ३०, २०७९ बिहीबार ०९:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।