काठमाडौंमा राति साढे १ बजे चितुवाले आक्रमण गर्दा पाँच जना घाइते

काठमाडौंः नागार्जुन नगरपालिका-८ भीमढुङ्गामा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन्। एकै घरका चार जनासहित पाँच जना घाइते भएका हुन्।
गए राति साढे एक बजे ४९ वर्षीय पञ्चकुमार भट्टराईको घरमा पसेको चितुवाले आक्रमण गर्दा उनीहरू घाइते भएका हुन्। घाइतेहरूको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ।
घाइतेको अवस्था सामान्य रहेको छ। यद्यपि शरीरका विभिन्न भागमा चोट लागेको छ।
असार ३०, २०७९ बिहीबार ०८:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।