उपसभामुखको लागि आज मनोनयन दर्ता हुने, भोलि मतदान

उपसभामुखको लागि आज मनोनयन दर्ता हुने, भोलि मतदान

काठमाडौंः प्रतिनिधि सभाको रिक्त उपसभामुख पदको लागि आज मनोनयन दर्ता हुँदैछ। आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुनेछ।

निर्वाचन कार्यतालिकाअनुसार आजै दिउँसो साढे १ मा उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ। उपसभामुखको लागि मतदान प्रक्रिया शुक्रबार दिउँसो ३ बजेबाट सुरु हुनेछ।

यसअघिकी उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ ०७६ मा राजीनामा दिएयता यो पद रिक्त छ।

असार ३०, २०७९ बिहीबार ०८:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।