आजको मौसम: मनसुनी वायुको सामान्य प्रभाव

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशभर मनसुनी वायुको सामान्य प्रभाव रहने जनाएको छ। यतिबेला देशभर आंशिकदेखि सामान्य बदली रहेको छ।
कर्णाली प्रदेशका थोरै स्थानहरूमा र बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
आज राति प्रदेश १ लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
असार ३०, २०७९ बिहीबार ०७:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।