बालेन गुरु पूर्णिमामा ओली निवास किन पुगे !

बालेन गुरु पूर्णिमामा ओली निवास किन पुगे !

काठमाडौँ : काठमाडौँ महानगरपालिकाको मतगणना भइरहेको बेलामा सुटुक्क बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरे पनि बालेन्द्र शाहले त्यसलाई गुपचुपै राख्ने प्रयास गरे। तर लामो समय भेट लुक्न नसकेपछि उनी अन्य दलका नेताहरूसँग पनि भेट्न निस्किए।

मेयर निर्वाचित भएपछि पहिलो भेटै प्रधानसेनापतिसँग गर्दा उनी आलोचित बने। त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भेट गरे।

फोहोर व्यवस्थापनमा केन्द्रित भएका उनी केही समय त्यतै व्यस्त भए। फोहोर फाल्न दिने सहमतिपछि उनी बजेट अनि नीति तथा कार्यक्रममा केन्द्रित भए। केही अपवाद छाडेर उनका नीति तथा कार्यक्रमको प्रशंसा नै भयो।

यमबुद्धको सालिक बनाउने अनि आफ्नो प्रचारक रुटिन अफ नेपाल बन्द लक्षित कार्यक्रमलाई एक करोड विनियोजन गरेको भन्दै आलोचना भएपछि उनले सामाजिक सञ्जालमा काम गर्न देऊँ डिस्टर्व नगर लेखेर मेटे।

यमबुद्धको सालिक बनाउने उनको कार्यक्रमको निकै आलोचना भयो। ड्यामेज कन्ट्रोल गर्न उनले आफ्नै तलबले बनाउने लेखे पनि आलोचना घटेन।

बुधवार गुरु पूर्णिमाको दिन उनै बालेन पुन बालकोट ओली निवास पुगे सहयोगी सहित। ओलीले तबला उपहार दिए। उनी ओलीसँग केही समय छलफल गरेर सामूहिक फोटो खिचेर बाहिरिए।

भेटको प्रयोजन दुवै पक्षले खुलाएका छैनन्। तस्बिर सार्वजनिक गरे एमाले नेता कर्ण थापाले। 

असार ३०, २०७९ बिहीबार ०२:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।