बैतडीमा बाख्रा चराउन गएका किशोरको भिरबाट लडेर मृत्यु

बैतडीमा बाख्रा चराउन गएका किशोरको भिरबाट लडेर मृत्यु

बैतडी : भिरबाट लडेर  बैतडीमा आज एक १७ वर्षीय किशोरको मृत्यु भएको छ। मृत्युु हुनेमा जिल्लाको दशरथचन्द नगरपालिका–२ चडेखानका १७ वर्षीय वीरेन्द्र बोहरा रहेका बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। 

बाख्रा चराउन गएका बोहराको आज दिउँसो १२ बजे स्थानीय छत्यौडा भन्ने भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो। बोहराको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ। बोहरा निङ्लाशैनी मावि देहिमाडौँमा कक्षा १२ मा अध्ययनरत थिए।

असार २९, २०७९ बुधबार २१:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।