मानवरहित विमानको नयाँ कीर्तिमान

मानवरहित विमानको नयाँ कीर्तिमान
Photo: BBC

एजेन्सी : विमान निर्माण कम्पनी एयरबसले सबैभन्दा लामो समयसम्म मानवरहित विमान उडाएर नयाँ रेकर्ड कायम गरेको छ। उडान अनुगमन विवरणहरूका अनुसार सौर्य ऊर्जाबाट सञ्चालन हुने एयरबसको ’जेफर एस’ नामक मानवरहित विमानले लगातार २६ दिनसम्म उडान गरेर आफ्नै रेकर्ड तोडेको हो। उक्त विमानले सन् २०१८ मा आफ्नो नाममा भएको रेकर्डनै तोड्न सफल भयो। 

व्यावसायिक विमानहरूलाई अवरोध पुर्याउन नदिन र प्रतिकूल मौसमबाट बचाउन मानवरहित यस विमानले वायुमण्डलको उच्च भागमा उडान गरेको थियो। रातभर हावामा तैरिनका लागि आवश्यक ऊर्जाका निम्ति यो विमानमा ब्याट्रीको प्रयोग गरिएको हुन्छ। जसकारण यसलाई इन्धन पुनः आपूर्ति गर्न रोकिइराख्नु पर्दैन।

उडान सम्बन्धी विवरणहरूले यस विमान अमेरिकाको एरिजोनास्थित परीक्षण क्षेत्रबाट मध्य अमेरिकाको बेलिजसम्म पुगेको र पुनः फर्किएको देखाएको छ। बीबीसीले यसबारे राखेको जिज्ञासामा भने एयरबसले तत्काल कुनै टिप्पणी नगर्ने बताएको छ। एरोस्पेस म्यागेजिनका प्रधान सम्पादक टिम रोबिन्सनले बीबीसीसँग कुरा गर्दै विमानले पार गरेको दुरीलाई एउटा महत्त्वपूर्ण कोसे ढुङ्गा भएको बताए। 

त्यस्तै अमेरिकी सेनाको इकाई ’आर्मी फ्युचर्स कमान्ड’ले भने ’द ड्राइभ’सँग कुरा गर्दै उक्त उडानबारे 'विमानको ऊर्जा सञ्चय क्षमता, ब्याटरीको टिकाउपना, सौर्य पाताको प्रभावकारिता र स्टेसन कायम गर्ने क्षमता परीक्षणका लागि गरिएको जनाएको छ। यसले अघिल्लो सन् २०१८ मा राखेको रेकर्ड भन्दा बढी समय उडान गरेको छ,' उनी भन्छन्, 'यो प्रत्यक्ष देखादेख गरेर हुने सञ्चार सम्पर्कको क्षेत्र भन्दा बाहिर पनि पुगेको र यसलाई वास्तविकतामा कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे यो महत्त्वपूर्ण अभ्यास हुनेछ।'

उनका अनुसार सैन्य प्रयोग वा प्रकोप सहायता जस्ता कार्यमा यस्तो यसको परीक्षण उडानले अगाडी बढ्न मद्दा गरेको छ। परिकल्पना र निर्माण बेलायतमा गरिएको विमानको उडान रेकर्ड सबैभन्दा पछिल्लो सौर्य ऊर्जाबाट सञ्चालन हुने विमानबाट राखिएको हो।

भू–उपग्रहसँग तुलना

यस विमानले भू–उपग्रह जसरी नै तस्बिरहरू पठाउन सक्ने भए पनि यसले पृथ्वीको कक्षमा परिक्रमा नगरेर एकै ठाउँमा निरन्तर जानकारी पठाउन काम लाग्न सक्ने बताइएको छ। त्यस्तै एक पटक प्रक्षेपण गरेपछि सामान्यतया पृथ्वीमा फर्काउन नमिल्ने भू–उपग्रह भन्दा यसमा केही सबल पक्षहरू पनि रहेको जुन भनेको यो पुनः पृथ्वीमा अवतरण गर्न सक्ने छ। 

रोबिन्सनका अनुसार, 'यो पुनः फर्केर हामी भएको ठाउँमा आउन सक्छ। यसको सेन्सरहरूको र यसमा भएका प्रविधिहरूको पनि स्तरोन्नति गर्न सकिन्छ।'

जेफर नामक यो विमान क्रिस केलेहरले आविष्कार गरेका हुन्। तर, उनको सन् २०१५ मै मृत्यु भइसक्यो। एयरबसले तीन वर्षपछि यस्तो प्रकारका विमानहरूको शृङ्खलाबद्ध उत्पादन गर्दै उनको सम्मानमा नामकरण गरेको थियो। 

यो समाचार तयार पार्दासम्म पनि विमान आकाशमै उडिरहेको छ। उडान सञ्चालकहरूले २७ दिनसम्मको निरन्तर उडान गरेकोमा खुसीयाली मनाएका छन्। अपरेटरहरूले “बेलायतको हिज्जे गर्न विमानको उडान मार्ग प्रयोग गरेका थिए। जसलाई स्टोनहेन्जको प्राथमिक छवि भन्न सकिन्छ।

असार २९, २०७९ बुधबार १९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।